१७ आश्विन २०८१, बिहीबार
खेलकुद समाज

युक्रेनी क्लब शख्तर डोनेस्कमाथि एटलान्टा ३–० गोल अन्तरले विजयी

१७ असोज,  काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्ल्ब एटलान्टाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई ३–० ले हराउँदै सन् २०१९ को नतिजा दोहोर्याएको छ ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने आधार तयार गरेको थियो । डिम्सिटी, लुकम्यान र बेलानोवाकाले एक एक गोल गर्दा एटलान्टाले तीन अंक हासिल गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

२१ औं मिनेटमा ब्रेट डिम्सिटीले  एडेमोला लुकम्यानको पासमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।

४४ औंमा मिनेटमा लुकम्यानले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको एटलान्टाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । ४८ औं मिनेटमा बेलानोवाकोले गोल गरेपछि सख्तर खेलमा फर्कन सकेन ।

खेलमा शख्तर को प्रदर्शन निकै कमजोर रह्यो । निर्धारित र अतिरक्त गरेर ९४ मिनेटसम्म कुनै पनि बेला एटलान्टामाथि दबाब बनाउन सकेन ।

एटलान्टाको अर्को खेल अक्टोबर २३ मा स्कटल्याण्डको सेल्टिकसँग हुनेछ, जबकि शख्तरले आफ्नो आगामी खेलमा आर्सनलसँग खेल्न उत्तर लण्डनको यात्रा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्