१८ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाज

एनआरएनए एनसीसी मलेसियाले सिस्नेरी पहिरोमा निधन भएका खेलाडीहरुको परिवारलाई जनही एक लाख सहयोग गर्ने

१८ असोज,   काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनसीसी० मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।

एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए ।

एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताए ।

सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।

शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो ।

घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको हो ।

एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको बताए ।

अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरु नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्