१८ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

१८ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए ।
अध्यक्ष दाहाल स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्