१४ वटा जिल्ला संकटग्रस्तघोषणा
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पु¥याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा१४ वटा जिल्ला घोषणा गरेको छ ।
शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यका सहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।
उनले भने,‘ताप्लेजुङ,काभ्रे,पाँचथर,काठमाडौं,ललितपुर, सङखुवासभा,भक्तपुर सोलुखुम्बु,दोलखा,सिन्धुलि,रामेछाप,मकवानपुर सिन्धुपाल्चोक र धादिङ् जिल्ला बढि प्रभावित भएको देखियो । यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’
स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्