२ कार्तिक २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाज

महिला साफ च्याम्पियनसिप : आज अपरान्ह भारत र पाकिस्तान भिड्ने

१ कार्तिक,  काठमाडौँ। महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करणको खेल आज(विहीबार)अपरान्हबाट सुरु हुँदैछ । पहिलो खेल साँझ ५ः३० बजे दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग उदघाटन खेल खेल्दैछ । नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको‌ आयोजना गरेको हो । नेपालले भोलि शुक्रबार भुटानसँग खेल्दैछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्