६ कार्तिक २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

राष्ट्रिय निकुञ्जको विषयमा प्रशस्त छलफल जरुरी

६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै थुप्रै छलफलको आवश्यकता भएको बताएकी छन् ।

मंगलबार समितिमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा उनले राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले राष्ट्रिय निकुञ्जको मात्र समस्या हेर्ने हो भने समाधान पूर्ण नहुने भन्दै यसमा अझै छलफलको आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले दुईतीन ठाँउमा अनुगमन गर्यौं । त्यो काफी होइन । समस्या केही मात्रामा पहिचान गरेका छौ । राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले निकुञ्जको मात्र समस्या हेर्ने हो भने समाधान पूर्ण हुदैँन् । सबै ठाँउमा छोएको विषय भएको हुनाले यस सन्दर्भमा अन्तिम रिपोर्ट बनाउनु भन्दा पहिला अझै थुप्रै छलफलको आवश्यकता यसले माग गरेको छ ।’

यसको साथै, अर्को सदस्य रेनु चन्दले अनुगमनको क्रममा आरक्ष पीडितहरुको समस्या गम्भीर रुपमा देखा परेको बताइन् ।

उनले भनिन्, ‘बन बनाउनको लागि घर हटाएको हुनाले आरक्ष पीडितको समस्या पनि गम्भीर रुपमा देखा परेको छ ।’

प्रतिक्रिया दिनुहोस्