विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधि सम्बन्धमा छलफल
७ कात्तिक, काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको छ ।
बुधबार सिंहदरवारमा बसेको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको समिति सभापति तुलसा कुमारी दहालले बताइन् ।
बैठकमा उनले लामो समयसम्म कुनै विषयमा छलफल गर्नुभन्दा सबै विषय समेटिनुपर्ने बताइन् ।
उनले भन्नि, ‘लामो समयसम्म एउटै विषयमा छलफल गर्नुभन्दा सबै कुरा समेटिँदा राम्रो हुने छ । कुनै परस्थितिले लामो छलफल गर्ने स्थिति बन्यो भने कुनै शब्द त्यहाँ राखेर अगाडि बढ्नुपर्छ ।’ साथै उनले बार्षिक प्रतिवेदन समितिमा राख्दा राम्रो हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्