बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्