२९ कार्तिक २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाज

एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

काठमाडौं । एनपिएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ ।

टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।

पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए ।

‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं, उनले भने, ञगण्डकीमा हिम पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौं । यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौं ।’

जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए ।  जोन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेको बताए । कार्यक्रममा पोखरा गीत प्रस्तुत गरिएको थियो ।

जर्सी सार्वजनिक  कार्यक्रममा १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले  पर्यटन र क्रिकेट एकअर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्