विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चोलाई गरियो सम्मान
२६ कात्तिक, काठमाडौं । नेपाल तेक्वान्दो संघले विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चोलाई सम्मान गरेको छ । विगत लामो समयदेखि खेलकुद लगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आईरहेको अन्तर्राष्ट्रिय संस्था (जीसिएस) का समेत अध्यक्ष रहेका डा. चोलाई आज सम्मान गरिएको हो ।
गत साता मात्र उनी नेपाल भ्रमणमा आएका हुन् । सो दौरानमा अक्टोबर ८ का दिन ललितपुर स्थित होटल हिमालयमा जी.सी.एस. ईन्टरनेशनलको काठ्माण्डौं सम्मेलन सम्पन्न भएको थियो ।
सो संस्थाको नेपाल च्याप्टर संघका अध्यक्ष प्रकाश शम्शेर राणा र संघका महासचिव दीपराज गुरुङ्ग हुन् । आज आयोजित कार्यक्रममा अध्यक्ष चो ले जि.सि.एस् नेपाल च्याप्टरका नव नियुक्त सदस्यहरु (ई.सञ्जीव रेग्मी, दिल बहादुर ओली, भान बहादुर चन्द, कासिम मिया, मदन केसी, साम्राज्य विक्रम पाण्डे, राम चन्द्र श्रेष्ठ, राम गिरी, कुमार लामा घिसिङ्ग, बब्लु शिवाकोटी, केशव पुरी, दिपेन्द्र कुमार श्रेष्ठ, अस्विनी कुमार ढकाल, मानषी चन्द, चारु विष्ट, प्रल्हाद थापा, बन्दना राई र एलिसा वैद्य) लाई सदस्यताको प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा अध्यक्ष चो ले जी.सी.एस्को अभियान र नेपाली तेक्वान्दो खेलको विकासमा अतूलनीय योगदान र उल्लेख्य भूमिका प्रदान गरे वापत कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत ९ऋ।भ्।इ० शिशिर पछाईज्यूलाई विशेष रुपले सम्मान गरेका थिए ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष चो ले नेपालको तेक्वान्दो खेलले प्राप्त गरेको उपलब्धीको प्रशंसा गर्दै आगामी ओलम्पिक खेलबाट उच्च पदक प्राप्तिको कामना गर्दै विश्व तेक्वान्दो र जी.सी.एस् ईन्टर नेश्नलद्वारा सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ललितपुर, सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा आयोजित सो कार्यक्रममा केन्द्रीय, प्रदेश तथा जिल्ला तेक्वान्दो संघका पदाधिकारीहरु लगायत तेक्वान्दो प्रशिक्षक, राष्ट्रिय तथा पारा राष्ट्रिय टिमका खेलाडीहरुको उस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्