२९ कार्तिक २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

रारा राष्ट्रिय निकुन्जमा क्यामेरा ट्य्राप २१ दिनको लागी जडान

२६ कात्तिक, काठमाडौं । रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ ।

निकुन्ज भित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो ।

¥यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक÷एक क्यामेरा राखी जाडो र गर्मी मौसममा अनुसन्धान गरिने बताइएको छ । प्रत्येक क्यामेरा ट्य्राप २१ दिनसम्म राखिनेछ ।

त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापामगर, अनुसन्धान कर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईं र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । सो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक हरिप्रसाद शर्माले गरिरहेका छन् ।

कार्तिक ५ देखी २१ दिनको लागी रारा राष्ट्रिय निकुञ्जको विभिन्न स्थान गरी ४२ स्थानमा क्यामराजडान गरीएको छ । विशेष गरी स्तनधारी जिव जन्तुहरुको र कस्तुरी मृग,रेडपाण्डाको अवस्था बारे बुझ्ने भए पनि निकुञ्ज भित्र रहेका बन्यजन्तुहरुको अहिलेको अवस्थामा कति कस्तो छ भन्ने हिसाबले क्यामरा जडान गरिएको त्रिभुवन विश्वविद्यालय विद्यार्थि वाचन प्रसाईंले बताए ।

२०७३ सालका रारा राष्ट्रिय निकुन्ज भित्र कस्तुरी,मृग ,रेडपाण्डा लगाएत अन्य विभिन्न प्रजातिका वन्य जन्तु धेरै भेटीने देखिने गरेका थिए ।
पछिल्ला बर्षहरुमा चोरी,शिकारी,तिब्र वन फडानि, छाडा पशुचौपाय चरीचराउने गर्दा रारा राष्ट्रिय निकुञ्जको लापरवाहीले गर्दा केही स्थानमा मात्र बन्य जन्तुहरु भेटीए पनि बिगत भन्दा पछिल्ला बर्षहरुमा रारामा रहेका बन्यजन्तुहरु लोप हुँदै गहिरहेको स्थानियबासी बिर्ख बहादुर रोकार्याले बताए ।

रारा राष्ट्रिय निकुञ्ज भित्र रहेका वन्यजन्तु, बनस्पति, चराचुररुङ्गी लगायत निकुन्ज भित्र रहेका सबै क्षेत्रको रेखदेख संरक्षण अभिलेख राख्नको लागी जिम्मा पाएको रारा राष्ट्रिय निकुन्जमा बन्यजन्तुहरुको कुनै पनि अभिलेख नभए पनि रारा राष्ट्रिय निकुञ्ज,मध्यवति क्षेत्र, नेपालि सेना र सरोकारवाला निकायहरुले संयुक्त गस्ती गर्ने गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी धर्मजित साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्