२९ कार्तिक २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाज स्वास्थ्य

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

२६ कात्तिक, धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई  वितरण गर्ने बताएका छन् ।

नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।

सोमबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताएका हुन् ।

उनले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ सस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गरे ।  ।

समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्