२९ कार्तिक २०८१, बिहीबार
अन्तर्वार्ता समाज सुदूरपश्चिम

कृषिमा आधुनिकीकरण गरेर अघि बढ्ने योजना छ: अध्यक्ष चौधरी

२७ कात्तिक, सुनसरीको गढी गाउँपालिका कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ। यस क्षेत्रमा पछिल्लो समय उद्योग पनि खुल्दा छन्। यस गाउँपालिकामा पछिल्लो दुई वर्षयता भएका विकास निर्माणबारे अध्यक्ष आशनारायण चौधरीसँग नागरिककर्मी अमर खड्काले गरेको संक्षिप्त कुराकानी:

गढी गाउँपालिकामा पछिल्लो दुई वर्षयता के कस्ता कामहरू भएका छन् ? 

वास्तवमा हामीले निर्वाचनमा प्रतिबद्धता व्यक्त गरे अनुसारको धेरै कामहरू गर्न बाँकी छन्। त्यसमा  थोरै कामहरू गर्न हामी सफल भएका छौँ। यो अवधिमा केही बाटा घाटाका कामहरू भएका छन्। केही शिक्षाका कामहरू भएका छन्, केही पर्यटन, केही स्वास्थ्य र कृषि सम्बन्धी कामहरू गर्न पाएका छौँ।  हामी आएपछि धेरै कामहरू गर्ने बाँचा पनि गरेका थियौँ। तर देशको परिस्थितिले गर्दा हामीलाई आर्थिक समस्या भएको छ।

पहिलो वर्ष पालिकाले सङ्घीयबाट पाउने हाम्रो जुन स्रोतहरू थियो, त्यसमा लगभग २५ प्रतिशत पहिलो वर्ष नै कटौती हुन पुग्यो। दोस्रो वर्षमा राजस्व बाड्फाडबाट प्राप्त हुने रकममा कटौती भएर सिलिङ नै आए पछि हामीले अब सोचे जस्तो बजेट पनि निर्धारण गर्न सकेनौँ। अर्को हाम्रो आन्तरिक आम्दानीको स्रोत भनेको गढी गाउँपालिका एउटा ग्रामीण गाउँपालिका भएकोले एकदमै न्यून भएको अवस्था भएकोले सोच जस्तो काम गर्न सकी रहेका छैनौँ। आउँदा दिनमा थोरै पैसाले भए पनि हामी  बढी भन्दा बढी कामहरू गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ।

अहिलेसम्म हामीले गरेका कामहरू हेर्दा ग्राभेलका कामहरू त गरी नै राखेका छौँ। पालिकाको स्रोतले  ७(८ किलोमिटर जति बाटो पिच पनि गरेका छौँ। गढी वन, गढी खेल मैदान र अन्य गढीहरू रहेका कारणले गर्दा नै यो ठाउँको नाम गढी गाउँपालिका रहेको हो। हामीले गढी धार्मिक वन र गढी खेल मैदानलाई व्यवस्थित गर्ने एउटा प्रतिबद्धता पनि व्यक्त गरेका थियौँ र अब हामीले त्यता तिर थोरै कामहरू मात्रै गर्न सफल भएको छौँ।

हामीले पहिलो चरणमा डिपिआर गराएका छौँ र त्यो कामहरू पालिकाको सानो १०/२० लाख या ५० लाख बजेटले अब सम्पन्न नहुने खालका भएकाले पालिकाले त्यसमा धेरै काम गर्न बाँकी छ। हामीले त्यसलाई संघीय सरकार र प्रदेश सरकारबाट समन्वय गरेर अगाडि बढाउँछौँ। गढी धार्मिक वनलाई पर्यटकको क्षेत्रमा विकास गर्ने सोच छ भने गढी खेल मैदानलाई भविष्यको लागि एउटा व्यवस्थित रङ्गशालाको पूर्वाधारको रुपमा तयारी गर्ने लक्ष्य लिएका छौँ।

हामीले कृषिमा पनि बजेट छुट्याएका छौँ। एउटा जातको बिउँ विजन र जहाँ सिचाइ हुँदैन त्यस्तो ठाउँमा बोरिङ्हरु व्यवस्थापन गर्नको लागि र विभिन्न बालीहरू एउटा व्यवस्थित तरिकाले  अगाडि बढाउने, व्यवसायिक तरिकाले अगाडि बढाउनको लागि विविध पकेट क्षेत्रहरूलाई पनि विकास गरेर लैजाने योजना छ। हामीले मकै,  धान, गहुँलगायतको क्षेत्र पहिचान गरी सोही अनुसार विकास गरेर लैजाने योजना  छ। पशुपालन, माछा पालन र कुखुरा पालनलाई पनि अगाडि बढाएर लैजाने  प्रतिबद्धता लिएका छौँ र  गरेका पनि छौँ। जनतासँग भोलिका दिनमा त्यसलाई समानुपातिक रुपमा अगाडि बढाएर लैजान्छौँ।

स्वास्थ्य तिर हाम्रोमा ६ वटा स्वास्थ्य संस्थाहरू छन्। हाम्रोमा पालिका स्तरीय हस्पिटलको पनि आवश्यकता छ र हामीले अब यसपालि गढी हस्पिटलको लागि जग्गा सुनिश्चित गरेर हस्पिटल निर्माण गर्नेछौँ। हामीले बर्थिङ्ग सेन्टहरूको पनि विस्तार गरेर सेवा पु¥याउने एउटा लक्ष्य लिएका छौ।

सोचे अनुसार विकास गर्न नसक्नुमा बजेट नै हो कि ? अरु पनि कारणले गर्दा हो ? 

हरेक ठाउँ हरेक पाटोबाट कुनै पनि काम गर्दा अब गाउँपालिकाहरूमा विकासको काम गर्दा कुनै कुनै ठाउँमा समुदायबाट अवरोध आउने गर्छ। धेरै जसो त समुदायले सहयोग नै गरेको अवस्था छ। तरपनि काम गर्नको लागि त निश्चित नै बजेट नै चाहिन्छ, विना बजेटले सोचेजस्तो कामहरू गर्न सकिदैन् । त्यो एउटा प्रमुख पाटो पनि हो।

काम गर्दा कस्ता कस्ता चुनौतीहरू सामना गर्नु परेको छ ? 

काम गर्ने बेलामा त्यति खेरै विभिन्न परिवेशहरू आउँछन्। त्यो परिवेशका अनुसार अब चुनौतीहरू आइ पर्छन्। बाटोघाटा फराकिला बनाउँदा र  एक समयमा सुकुम्बासी भएको नाममा अव्यवस्थित बस्तीहरू बसाएकोमा ती अव्यवस्थित बस्तीहरू व्यवस्थापन पर्दा चुनौती आइ पर्छन्। साथसाथै, कुनै काम सुरु हुन थाल्छ, त्यतिमा पनि अख्तियारीबाट मुद्दा आइहाल्ने र फेरी त्यसलाई त्यो काम केही कारणले गर्दा अगाडि बढाउन सफल भए पनि पटक पटक त्यसका त्यस्ता किसिमका अब अवरोधहरू आइरहने गरेको छ। अर्को जुन ठेकदारले या जुन उपभोक्ताले र जुन कम्पनीले कामको जिम्मा लिएको हुन्छ, उनीहरूमा पनि काममा अब जुन जागर हुनुपर्ने हो, त्यो जागर पनि मरेर जाने गरेको छ।

स्थानीय नागरिकहरूका अपेक्षा र आशाहरू के के पाउनुभयो ? 

हामीले वास्तवमा चुनावमा एक किसिमको जुन बाँचा गरेका थियौँ त्यो बाँचा खास गरी विकासका लागि गरेका थियौँ। त्यो भौतिक रुपमा हो या मानवीय रुपमा होस् ती विकासको लागि हामीले बाँचाहरु गरेका थियौँ। तर, त्यति खेर बाँचा गर्दाको प्रकृति र अहिले काम गर्दा बेलाको प्रकृति  पक्कै अब भिन्न छन्।

हाम्रो अब दृष्टिकोण पनि हाम्रो जनताको सोचाइ पनि अब केही वास्तवमा हामी एक किसिमको ग्रामीण ठाउँमा रहेका छौँ। हामी कहाँ जनचेतनाको पनि पक्कै सहरको तुलनामा गाउँमा कमी छ। व्यवहारिक जनचेतनामा कमी रहेको अवस्था छ र त्यो कारणले गर्दा अब हामीले विकासको काम भन्दा अब केही पर्सनल कामहरूमा बढी चासो हुने गरेको पाएको छु। विकासका कामहरू त चाहिन्छ। त्यस बाहेक अरु  पर्सनल काम हुन सकेन भने अब त्यसले पनि हामीलाई केही अप्ठ्यारो पारेका हुन्छन्। त्यसलाई अब व्यक्तिगत रुपमा भन्ने हो भने सबैको व्यक्तिगत रुपमा कार्यहरू गर्न असम्भव हुन्छ।

तर, हामीले गाउँपालिका निमार्णका लागि  जुन चुनावका बेलामा एउटा सोच लिएर आएका थियौँ त्यो सोचलाई धेरै हद सम्म पुरा गर्ने एउटा हामीले लक्ष्य राखेर अघि बढेका छौँ। चुनावमा पनि अब हामीले धेरै ठुलो बाँचा चाहिँ हामीले गरेका थिएनौँ। अब बाटा घाटाकै रुपमा भनेका थियौँ। यस्तै, २०(३० किलोमिटरसम्म बाटोलाई हामी पक्की बनाउँछौँ भनेका थियौँ। एउटा रिङ्ग रोडको कुरो गरेका थियौँ। तर गढी गाउँपालिकामा मलाई लाग्छ २०(२५ किलोमिटर बाटो हामी बनाउन सक्यौँ र संघ एवम् प्रदेशबाट आएको योजनाहरू छन्, त्यी योजनाहरू पुरा हुँदा त्यो रिङ् रोडको आवश्यकता नै हुँदैन्।

शिक्षाको क्षेत्रमा चाहिँ के के गर्नुभएको छ ? 

हामीले शिक्षा क्षेत्रलाई एउटा आमुल परिवर्तन गर्ने भन्ने सोच राखेका थियौँ। त्यो सेक्टरमा पनि हामी कता कता केही त कामहरू गरेकै छौँ। भोलिका दिनहरूमा हाम्रो अब उच्च शिक्षाका लागि गछौँ। जस्तो गढी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयका टिमले र पालिकाको सहयोगबाट स्नातक तह तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालनमा छ। हाम्रो गढी गाउँपालिकामा नमुना विद्यालयको परिकल्पना गरेका थियौँ त्यो नमुना विद्यालयका लागि पनि हामी अब ४ वटा माध्यमिक विद्यालय छन्।

अरु पनि सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई नमुना विद्यालय बनाउन प्रोत्साहन गरेका छौँ। नमुना भौतिक रुपमा मात्रै होइन, शैक्षिक व्यवस्थापनमा पनि हामी नमुनाको रुपमा गर्नु पर्छ भन्ने हामीले अवधारणा बोकेका छौँ। यसलाई भोलिका दिनहरूमा अगाडि बढ्ने नै छौँ र त्यो पनि अहिले डेढ वर्षको भित्रमा खासै प्रगति त हुन सकेको छैन, अझै बाँकी छन् । पक्कै प्रगति होला भन्ने हामी आशावादी छौँ।

तपाईंले अबको ५ वर्षमा गढी गाउँपालिकालाई कस्तो बनाउने लक्ष्य राख्नु भएको छ ? 

गढी गाउँपालिका एउटा ग्रामीण गाउँपालिकाको रुपमा रहेको छ। अब यो खास गरेर पहिलेका चार वटा गाउँ विकास मधेली, औरावनी, छिटाहा र सत्तरझोरा मिलेर गढी गाउँपालिका बनेको हो।  यो चार वटै गाउँपालिका ग्रामीण र कृषिमा आधारित गाउँपालिका भएकाले गर्दा र यसमा कृषिमा एउटा आमुल परिर्वतन हुनु एकदमै जरुरी छ। जबसम्म कृषिमा आधुनिकीकरण आउँदैन, व्यवसायिक रुपमा अगाडि बढाउन सकिँदैन। तब सम्म हाम्रो यो गाउँपालिकालाई विकासको रुपमा विकसित गाउँपालिकाको रुपमा अगाडि बढाउन गाह्रो छ।

भोलिका दिनमा कृषि एउटा आफैमा स्वरोजगार पनि हो। पूर्ण कालिन नभए पनि आंशिक स्वरोजगार कृषिलाई आधुनिकीकरण गरी गर्न सक्ने अवस्था छ। त्यसतर्फ हामी योजनाबद्ध ढंगले लाग्ने छौँ। हाम्रोमा परम्परागत तरिकाबाट नै अहिले पनि खेती भइरहेकोले जुन उत्पादन लिनु पर्ने त्यो नभएको अवस्था छ। अहिलेसम्म धेरै कुरा जनताले के चाहेको छ? जनतालाई कसरी तिनीहरूको पहुँच पु¥याउने? भन्ने बारे धेरै कुरा थाहा पाएको कारणले गर्दा आउँदो वर्षमा हामीले त्यसलाई प्रत्येक जनतालाई बुझाउन सक्ने गरी अगाडि बढेर लागू गर्नु पर्छ भन्ने एउटा सोच राखेका छौँ।

प्रतिक्रिया दिनुहोस्