आँखाको स्वास्थ्यको लागि पिस्ता
२८ कात्तिक, काठमाडौँ । डिजिटल संसारमा हामी जोडिएपछि हाम्रो आँखालाई यसले असर गरिरहेको छ । यसको पछाडिको कारण यही हो कि हिजोआज अधिकांश काम पीसीमा भइरहेका छन् । जसले गर्दा समयभन्दा पहिले नै मानिसको दृष्टि बिग्रन थालेको छ । चस्मा लगाउने बालबालिकाका संख्या बढ्दै गएको छ ।
आफ्नो आँखाको स्वास्थ्य राम्रो होस् भन्ने चाहन्छौँ भने हामीले आफ्नो डाइटमा सही आहार समावेश गर्न आवश्यक छ । हरियो तरकारीको सेवन यसको एउटा विकल्प हुन सक्छ । तर धेरैलाई हरियो तरकारी खान खासै मन पर्दैन । यसको विकल्पका रूपमा हामीले तपाईँहरूसामु पिस्ता लिएर आएका छौँ ।
पिस्तामा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । भिटामिन एले आँखाको ज्योति बढाउन र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । पिस्तामा फाइबर, काब्र्स र एमिनो एसिड जस्ता पोषक तत्वहरू पनि हुन्छन् । यसबाहेक पिस्तामा गूड फ्याट, पोलीअनस्याचुरेटेड फ्याट, ओलिक र लिनोलिक एसिड र प्रोटिन जस्ता महत्वपूर्ण पोषक तत्व पनि पाइन्छन् ।
दृष्टि कमजोर भएको छ र यसलाई सुधार गर्न चाहनुहुन्छ भने आँखा स्वास्थ्यको लागि पिस्ता तपाईंको लागि राम्रो विकल्प हुन सक्छ । ड्राइ फ्रुट्सहरू आँखाको लागि लाभदायक मानिन्छ । तर पिस्ता आँखाको लागि विशेष गरी राम्रो छन् । पिस्तामा लुटेन र जेक्सान्थिन जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन्, जुन आँखाको रेटिनाका लागि फाइदाजनक मानिन्छ । उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेशन (एएमडी)को समस्याबाट बच्न पनि पिस्ताको सेवन लाभदायक मानिन्छ ।
कहिले र कहिले र कसरी खाने पिस्ता ?
पिस्ता ड्राई फ्रुट हो जसलाई तपाईले दैनिक रूपमा पनि खान सक्नुहुन्छ । यसलाई धेरैले नाश्तामा समावेश गर्छन् । नाश्तामा मिसाउन भुटेको पिस्ता स्वादिष्ट विकल्प हो । राति सुत्नुअघि मनतातो दूधमा पिस्ता मिसाएर पिउनु पनि फाइदाजनक हुन्छ । रातभरि भिजाएर पनि पिस्तालाई खान सकिन्छ । दिनमा ३५ देखि ४५ ग्राम पिस्ता खानु राम्रो मानिन्छ । बजारमा पाइने छोडाइएको पिस्ताको सेवन नगर्नुहोस् । पिस्तालाई बिग्रिन नदिन हावा नछिर्ने कन्टेनरको प्रयोग गर्नुहोस् ।
आँखाको स्वास्थ्य राख्न पिस्ताबाट सबै स्वास्थ्य लाभहरूको पूर्ण फाइदा लिन चाहनुहुन्छ भने तपाईले बिहान यसको सेवन गर्नुपर्छ । दिनमा ३ देखि ४ वटा पिस्ता खानु उपयुक्त हुन्छ । पिस्ता प्रकृति गर्मी हो । त्यसैले गर्मीको समयमा यसको बढी सेवन गर्नु हुँदैन । बजारमा पाइने मीठो र नुनिलो पिस्ताबाट टाढै रहनुपर्छ, किनभने ती स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यस्ता पिस्तामा सोडियम र चिनीको मात्रा बढी हुन्छ ।
अस्वीकरणः यस लेखमा दिइएको जानकारीको उद्देश्य रोग र स्वास्थ्य सम्बन्धी समस्याहरूबारे जागरूकता ल्याउने मात्रै हो । यो चिकित्सा रायको विकल्प होइन । यसलाई प्रयोग गर्नुु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्