२९ कार्तिक २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना

२९ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराईका केही भागमा हल्का हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम सफा नै रहने छ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

विभागले हल्लका वर्षा हुने स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने जनाएको छ। हिमाली क्षेत्रमा हल्लका हिमपात हुने भएकाले हिमपातबाट सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्