कमला नदीमा भूत मेला
३० कात्तिक, काठमाडौं । परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ ।
धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।
कार्तिक पुर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात भूत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देवमेलासँगै भूत मेला पनि भन्ने चलन छ ।
सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।
यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्