२ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

स्काएफले एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । ‘सोसाइटी अफ कन्सल्टिङ् आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स नेपाल’ स्काएफले फिडिक एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्काएफले सम्मेलन २०८१ मंसिर ३ देखी ५ गतेसम्म काठमाण्डौको होटल हायात रिजेन्सि काठमाडौंमा आयोजना गर्न लागेको जानकारी गराएको हो । वस्तुकला तथा इन्जिनियरिङका विविध प्रविधिका बारेमा परामर्श सेवा प्रदान गर्न सम्मेलन हुन लागेको हो ।

यस पटक ‘गभर्नेस फर क्लाइमेट सक्स’ भन्ने मुख्य विषयवस्तु रहेको अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । १५ वर्षको अन्तरालमा यसपटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । यसअघि सन् २००९ मा नेपालल एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजन गर्ने मौका प्राप्त गरेको थियो ।

पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नीतिगत विषय उपर सातवटा विशिष्टिकृत शिर्षक बनाइ सञ्चालन हुने त्रिदिवसीय सम्मेलनमा करिब चार सयको सहभागिता रहने छ ।

एक सय भन्दा यही अन्तर्राष्ट्रिय र तीन सय राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरुले एशिया प्रशान्त क्षेत्र तथा अन्य गरी २३ देशलाई यस सम्मेलनमा प्रतिनिधित्व गराइनेछ ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा उप प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिहले उदघाटन गर्ने कार्यक्रम छ । साथै उक्त कार्यक्रममा परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीसको समेत विशेष उपस्थिति रहनेछ ।

हरेक बर्ष वार्षिक रुपमा फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो बर्ष सन् २०२५ को सम्मेलन ईन्डोनेशीयाको बाली

प्रतिक्रिया दिनुहोस्