१८ मंसिर २०८१, मंगलवार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिल

६ मङ्सिर, काठमाडौं । दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् । गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।

तर, ६२औँ मिनेटमा ब्राजिलका लागि गियरसनले बराबरी गोल फर्काए । यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यो खेलसँगै १२ खेल खेलेको ब्राजिल १८ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्