पोखरा र काठमाडौंमा संसद् शिविर हुने
६ मङसिर, काठमाडौं । हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रर्वद्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गर्न लागेको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ र १५ गते पोखरामा संसद् शिविर र रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन् ।
साथै भोलि शुक्रबार बिहान ६ः३० मा काठमाडौंको सितापाइलास्थित हलचोकमा सशस्त्र प्रहरी बलको केन्द्रिय कार्यालयको सभाहलमा संसद् शिविर समेत रहेको बताए ।
यसैगरी उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले विश्वमा शान्ति ल्याउन चाहेको बताएका छन् । उनले हाम्रो वातवरणलाई स्वच्छ राख्नको लागि जुनसुकै ठाउँमा भएपनि स्थिरता हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘खासगरी विश्वमा शान्ति ल्याउन चाहन्छौं । मानवता ल्याउन चाहन्छौं । वातावरणलाई स्वच्छ राख्न चाहन्छौं, भाषा, जाति, भूगोल, शिक्षा दिक्षा र ज्ञानका हिसावले जुनसुकै ठाउँमा भएपनि हामी स्थिरता चाहन्छौं । शान्ति चाहन्छौं, र समृद्घि चाहन्छौं । ’
साथै उनले हरेक कुरामा अनुशासन हुनुपर्ने बताए । उनले हामी सबै ज्ञानी भएर काम गर्न सके हरेक कुरामा आत्मसन्तृष्टि मिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्