७ मंसिर २०८१, शुक्रबार
कर्पोरेट प्रवास मुख्‍य समाचार समाचार समाज

बिज एजुकेशनले युके युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपालमा आएका विद्यार्थीहरुलाई गर्यो सम्मान

७ मङ्सिर, काठमाडौं ।  बिज एजुकेशनले युकेमा युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपालमा आएर आफ्नो भविष्य सफल पार्न खोज्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । बिहीबार युनिर्भसिटि अफ सेन्ट्रल लंकाशायर र डाइरेक्टर उसिलानलाई सम्मान गरेको हो ।

साथै बिज एजुकेशनले बुधबार युके एडमिसन डे समेत मनाएको छ । यो संस्थाले विदेशमा विद्यार्थी पठाउने मात्र नभैइ विदेशबाट नेपालमा आएर आफ्नो सिप, क्षमतामा दक्षता गरेर व्यवसाय गर्ने विद्यार्थीहरुलाई समेत समाजमा सकारात्मक भूमिका खेलिरहेको प्रबन्ध निर्देशक हरि कार्कीले बताए । उनले बिज एजुकेशनले सामाजिक कार्यमा पनि उत्तीकै कार्य गरिरहेको बताए ।

उनले भने,‘ यो संस्थाले विदेशमा विद्यार्थी पठाउने मात्र नभैइ विदेशबाट नेपालमा आएर आफ्नो सिप, क्षमतामा दक्षता गरेर व्यवसाय गर्ने विद्यार्थीहरुको एउटा महत्व पनि समाजमा भन्ने कोशीस गर्ने छौं । साथै बिज एजुकेशन  विभिन्न सामाजिक कार्यमा पनि कार्य गर्दै आइरहेको छ । जसमा मध्यपूरमा रहेको मध्यपूर एशोसिएसनलाई हामी सहयोग गर्दै आइरहेका छौं । राष्ट्रिय आविश्कारक केन्द्रमा पनि हाम्रो सहयोग रहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्