९ मंसिर २०८१, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’

९ मङ्सिर, काठमाडौं । सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । आइतबार  एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

सर्भिस सेन्टरले सार्वजनिक यातायात र  कार सेन्टरको मर्मतको लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । खासगरी इभी गाडीलाई बढी प्राथमिकता दिने हिसावले सेन्टर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक हेमन्त अग्रवालले बताए ।

उनले भने, ‘सर्भिस सेन्टर प्यासेन्जर सेक्मेन्ट इभीहरु जस्तै  खालका दुईवटा सेक्मेन्टहरुको मार्केटमा छौं । कर्मसियल भेकल सेक्मेन्ट सार्वजनिक यातायातमा बेच्ने  गाडीहरुलाई कर्मसियल भेकल सेक्मेन्टमा राखेका छौं । र अर्को प्यासेन्जर कार छ । । प्रिमियर प्यासेनजरहरुका लागि छुट्टै सर्भिस सेन्टर सञ्चालन गरेका हौं । जसमा कस्टमरहरुलाई आरामका साथ यहाँ बसेर गाडीको रिपेयर गरेको देख्न सक्नुहुन्छ । भित्रको इक्वीमेन्टहरु, सुविधाहरु,  ईन्टरनेसनल लेबलको छ । ईन्टरनेसनल लेबल कै सर्भिस नेपालमै अफर गर्न खोजेका हौं । हामी इभीमा विश्वास राख्छौं र फोकस जहिले पनि ईभीमै छ ।

साथै उनले नेपालमा सर्भिस सेन्टरको नेटवर्क स्थापना गर्नु नै ठूलो कुरा भएको बताए । उनले हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरे ।

सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ ।

हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्