१० मंसिर २०८१, सोमबार
कर्पोरेट मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ सुरु

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘करियर फेस्ट– २०२४’सुरु भएको छ ।
सोमबार ग्रोथ सेलर्सको सहकार्यमा थाथापलीस्थित कलेजमा सुरु भएको करियर फेस्ट भोलि मंगलबारसम्म चल्नेछ ।
देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरूले फेस्टमा सहभागी हुनेछन् ।
कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यका साथ फेस्टको आयोजना गरिएको कलेजले जनाएको छ ।
ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा.प्याट्रिक म्याक्क्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्नका लागि पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
ग्रोथ सेलर्सका मार्केटिङ हेड अमरदिप मण्डलले ७० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको जानकारी दिए । साथै, उनले कम्पनीहरुले प्रत्यक्ष अन्तरवार्ता लिएर रोजगारीको अवसर समेत प्रदान गरिने पनि जानकारी दिए ।
हालसम्म आठ सय ९० जना विद्यार्थीले रजिष्टार गरिसकेको भन्दै भोलिसम्म एक हजार विद्यार्थी पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘यसमा ७४ वटा भन्दा बढि कम्पनीहरुको सहभागिता जनाउँदै छन् । आशा राखेका छौं दुई दिनमा एक हजार विद्यार्थीले रोजगारीको लागि आएर प्रत्यक्ष रुपमा आवेदन दिन सक्नेछन् । पदअनुसार सिनियर म्यानेजरसम्मका लागि आवेदन छ । आठसय ९० जना विद्यार्थीले रजिस्टार गरिसक्नुभएको छ । यदी रोजगारीको खोजीमा हुनुहुन्छ भने जोडिनुहोला भन्न चाहन्छु । ’

 

प्रतिक्रिया दिनुहोस्