१० मंसिर २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’बढाउने लक्ष्यमा चीन

एजेन्सी । चीनका केहीप्रान्तमा हिउँपरेपछि पर्यटकहरुको उपस्थिति बाक्लिएको छ । हिउँद ऋतुमा हिउँ पर्ने भएपछि त्यहाँका ट्राभल्स कम्पनीले सोही अनुसारको प्याकेजहरु बनाएर पर्यटक घुमाइरहेका छन् ।

चीनले सन् २०२२ मा शीतकालीन ओलम्पिकको आयोजना गरेपछि शीतकालीन खेलकुदप्रति आकर्षण समेत बढिरहेको छ । हिउँमा खेल्न सकिने खेलप्रति पर्यटकहरुको आगमन बाक्लिएको छ ।

यही ऋतुमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा हिउँसँग सम्बन्धित खेलमा रमाउनेहरुको उल्लेख्य उपस्थिति देखिन्छ । स्की रिसोर्टहरू, होम स्टे र होटलहरुमा पर्यटक खचाखच छन् ।

खेलकुद र साहसिक पर्यटनको लागि विश्वव्यापी हब बनाउने तयारीमा रहेको चीनले बरफ र हिउँको अर्थतन्त्र बढाउने महत्वाकांक्षी योजनाको समेत बनाइरहेको जनाएको छ । त्यस्तै, उत्तरपश्चिमी चीनको सिन्जियाङको अल्टेमा पनि स्की खेलका पारखीहरुको उत्तिकै भीड देखिन्छ । त्यहाँ नयाँ हिउँ सिजनमा कुल १ करोड ४० लाख पर्यटक आउने अपेक्षा गरिएको छ

सन् २०२२ मा शीतकालीन ओलम्पिक भएको स्थानमा पनि यस बर्ष पर्यटकहरुको संख्याले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । चीनले सन् २०३० सम्ममा १.५ ट्रिलियन युआन मूल्यमा बरफ र हिउँको माध्यमबाट आर्थिक वृद्धिको लक्ष्य लिएको छ । (सीसीटीभी)

 

प्रतिक्रिया दिनुहोस्