शहरी विकास मन्त्री सिंहले गरे मतदान
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Photo-24-1296x700.jpg)
१६ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।
काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् । पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए ।
वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्