२५ माघ २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

हेटौंडा–१२, मा मतदान सुरु

१६ मङ्सिर, हेटौंडा । हेटौंडा–१२, मा हुने स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदाताहरु विहान ४ बजेबाट मतदानको लागि उत्साहित हुँदै लाइनमा बसेका थिए ।

बागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उक्त वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन् । मतदातामध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला रहेका छन् ।

मतदताका लागि दुई स्थानमा मतदान स्थलको व्यवस्था रहेको छ । प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ वटा गरी ९ वटा मतदान केन्द्र रहेका छन् ।

वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादीबाट प्रधा रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।

वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार छन् ।

वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो । घलानले भने आफ्नो मत दिसकेका छन् ।

७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म हुने छ भने मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्