रासस

१६ मङ्सिर, काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेको छ ।
आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उसले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।
गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेको छ । आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेको थियो ।
सङ्गीतमा उ आफ्नो परिवारको तेस्रो पुस्ता हुन्छ । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका हुन्थ्यो भने बाजे लोकबहादुर तामाङ लोकगायक हुन्थ्यो ।
आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित हुन्छ । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया