२५ माघ २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

हेटौँडा उपमहानगर–१२ मा मतदान शान्तिपूर्ण

१६ मङ्सिर, हेटौंडा । विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेलले ११ः३० बजेसम्म १२ सय ८६ जनाले मतदान गरेको जानकारी दिएका छन् ।

उनले विष्णु ज्योति माध्यमिक विद्यालयमा कुल मतदाता ३६ सय २५ जति रहेको र त्यस मध्ये १२ सय ८६ जनाले मत खसेको जानकारी दिएका हुन् ।

उनले भने, ‘यहाँ ३६ सय २५ जति विष्णु ज्योति माध्यमिक विद्यालयमा कुल मतदाता हुन् त्यसमा ११ ः३० बजेसम्म क केन्द्रमा ३४१, ख केन्द्रमा ३२६, ग केन्द्रमा ३०७, घ केन्द्रमा ३२२ गरेर ६४३ जना महिला र त्यती नै पुरुष गरेर १२ सय ८६ जनाले मतदान गरिसक्नु भएको छ ।’

यसको साथै, उनले एकदमै शान्तिपूर्ण रुपमा नै मतदान भईरहेको र दलबीचको तनाव नदेखिएको बताए ।

हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचन दुईवटै मतदानस्थलमा रहेको मतदान केन्द्र निर्माणमा कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् ।

निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्