सुनको मूल्य बढ्दा चाँदी स्थिर
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Gold-Price-Today-1-4-1296x700.jpg)
२४ मङ्सिर, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्