चितवन राईनोजलाई लुम्बिनी लायन्सको १६८ रनको लक्ष्य
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Photos-16-1-1296x700.jpg)
२५ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
मंगलबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।
कप्तान रोहितकुमार पौडेलले ५७ बलमा ८१ रन बनाएका थिए भने जफरले ३५ बलमा ५२ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस्