रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/ef6ac0d0-8f93-11ef-9750-53a86a1c5c17.jpg.webp)
२६ मङ्सिर, वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उ सिमरा विमानस्थलमा रहेको जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्