२४ माघ २०८१, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपीएल हेर्न नेपाल आइपुगे क्रिकेटर ब्रायन लारा

२८ मङ्सिर, काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन्।  शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन् ।

उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन् ।

उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।

वेस्ट इन्डिजका क्रिकेट खेलाडफ लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।

प्रतिक्रिया दिनुहोस्