२४ माघ २०८१, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका लागि प्रज्ञा भवनमा मतदान सुरु

२८ मङ्सिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन सुरु भएको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्