२४ माघ २०८१, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उपलब्धिहरुलाई हामीले अनुभूतिमा बदल्न सकेका छैनौँ : मन्त्री पौडेल

२८ मङ्सिर, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक छ ।

शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्दै उनले हामीले थुप्रै उपलब्धिहरु हासिल गरिसकेको भएतापनि अनुभूतिमा बदल्न नसकेको गुनासो गरे ।

उनले भने, ‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौं तर त्यसलाई अनुभूतिमा बदल्न सकिरहेका छैनौं । हामीले व्यवहारिक परिवर्तनहरु गर्न सकिरहेका छैनौं । यसैले हामीले खोजेको व्यवस्थाभित्र व्यवहारिक परिवर्तनका निम्ती हामी जहाँ छौं

त्यहाँबाट प्रभावकारी भूमिका निर्वाह गर्ने कोशिष गर्यौं, जिम्मेवारीलाई प्रभावकारी ढंगबाट लग्ने कोशिष गर्यौं । नेपालको राजनीतिले स्रोतसँग नजोडिकन सिद्घान्तहरुको ब्याख्या गर्यौं ।’

साथै उनले स्रोतसँग नजोडिएको सिद्घान्त कहिले राम्रोसँग कार्यान्वयन नहुने बताए । उनले जुनसुकै राजनीतिक होस् या अन्य विषका साथै शैक्षिक विषयहरुलाई समेत स्रोतसँग जोडिएको हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्