२ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Gold-Price-Today-1-1-2-1296x700.jpg)
३० मङ्सिर, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन को मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आइतबार १ हजार ८४० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्