२४ माघ २०८१, बिहीबार
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा संचालन

१ पुस, काठमाडौं । काठमाडौंमा एक समारोहबिच नेपाली पत्रकारहरुका लागि चिनिया भाषा कक्षाको उदघाटन गरिएको छ । सोमबार चिनियाँ दूतावा र काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षाको उदघाटन गरिएको हो ।

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे । उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए ।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि, शिक्षाविद् र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहको उदघाटन गर्दै, चीनका प्रतिनिधि श्री लि श्वाङ चेंगले भाषाको सिकाइको महत्त्व र त्यसका लागि आवश्यक मेहनतको बारेमा चर्चा गरेका छन् ।

उनले भने, ‘भाषा सिक्न चाँडै सफलता पाउने कुरा होइन । यसले निरन्तर प्रयास र धैर्यको आवश्यकता पर्छ । सिकाइको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्नेछ, तर तपाईंको शिक्षक र संस्थान सधैं तपाईंको साथमा रहनेछन्, तपाईंलाई मार्गदर्शन र सहयोग प्रदान गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्