Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्थानीय सरकारको सहयोगमा निर्माण गरियो आँखा अस्पताल भवन

रातो कागज
4 महिना अघि

१२ पुस, मुगु । मुगु सदरमुकाम गमगढी बजार भित्र रहेको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको आँखा अस्पतालको भनव नेत्र ज्योति संघलाई हस्तान्तरण गरिएको छ ।

गमगढी बजारको रेडक्रस मार्गमा भवन निर्माण गरि हस्तान्तरण गरिएको हो । नगरपालिकाको ५६ लाख ३३ हजार ७ सय ८८ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित दुई तला भवन २०८१ बैशाख १२ मा अबिनास निर्माण सेवासँग सम्झौता गरी निर्माण सम्पन्न भएपश्चात नगर प्रमुख बिस्नु कुमार भामले नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ललाई हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख भामले स्थानीय सरकारको दायित्व अनुसार स्वास्थ्य शिाक्षा, सन्चारलगायत बिभिन्न पूर्वधार क्षेत्रमा समेत समेटिने गरी पालिकाबाट आर्थिक विकासमा सहयोग गर्दै आएको र आउँदा दिनमा थप आवश्यक अनुसार सहयोग गर्ने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया