कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Photo-3-2-3-1296x700.jpg)
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उनको जिल्ला अदालत कास्कीमा बयान सकिएको हो । बुधबारदेखि न्यायाधीस नीतिज राईको इजलासमा उनको बयान भएको थियो ।
लामिछानेसँगै छविलाल जोशी र लिला पछाईँको बयान पनि यसअघि नै सकिएको थियो । अब कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र राम बहादुर खनालको बयान हुन् बाँकी छ । सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
थुनछेक बहसपछि अदालतले थुनामै राख्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्