पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल
काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल गरेको छ ।
आइतबार काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल भएको हो ।
निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि दिने सुझावहरु पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको टानका अध्यक्ष सागर पाण्डेले जानकारी दिए ।
उनले भने,‘पर्यटन नीति २०८१ को मस्यौदाकोबारे छलफल गरेर अहिले निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि हामीले दिने सुझावहरु पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ हामीले यो अन्तरक्रिया कार्यक्रम गरेका हौं । जसले गर्दा भोलि गएर नेपालको पर्यटनको क्षेत्रबाट समग्र नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्छ भन्ने विश्वासकासाथ यो कार्यक्रम भएको छ ।’
प्रतिक्रिया दिनुहोस्