२४ पुष २०८१, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

माक्र्सवाद कहिले पुरानो हुँदैन : नेता गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले माक्र्सवाद कहिले पुरानो नहुने बताएका छन् ।
शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरुबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले यत्रो लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जुन विश्वास गरेर आयौं र त्यसमा चाँही समस्याहरु उत्पन्न भएका छन् ठिक हो । यहाँ धेरै कुरा सहि ढंगले अगाडि बढेका छैनन् । कम्युनिष्ट क्रान्ति भनेको उतार चढावको बीचबाट अगाडि बढ्ने कुरा हो । यो सिंधा रेखामा अगाडि बढ्दैन । दायाँ बायाँ हुँदै अगाडि बढ्छ । कठिनाईहरु, समस्याहरु सैद्धान्तिक क्षेत्रमा र अन्य क्षेत्रमा समेत समस्याहरु पर्छन् । समस्या पर्यो भनेर छोडेर जानु हुँदैन । यस्तै गरेर हाम्रो माक्र्सवादको कुरामा यो कहिले पुरानो हुँदैन । यसले हरेक क्षेत्रमा विकास गर्छ ।’
साथै उनले देशमा क्रान्ति हुँदा पनि जनताले चाहेको कुरा पूरा गर्न नसक्दा जनतामा निरासा छाएको बताए । उनले लोकतन्त्र र गणतन्त्रले जनताका समस्या कहिँकतै नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्