छोराको हत्या आरोपमा बुबा पक्राउ, के भाको थियो त ?
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/01/pakrau-buwa_eUYY8g9LBn.webp)
काठमाडौं – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्कीलाई छोराको हत्याको आरोपमा पक्राउ गरिएको छ। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
हत्या आरोप लागेको ४९ वर्षीय लिलाबहादुर भने डोमान सिंहका माइला छोरा हुन्। प्राप्त जानकारी अनुसार, डोमान सिंह र लिलाबहादुर बीच घरायसी विवाद भएको थियो, र त्यसको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए।
लिलाबहादुरको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मृत्यु पछि, प्रहरीले घटनास्थलमा पुगेर डोमान सिंहलाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
यो घटना घरायसी विवादका कारण भएको बताइएको छ, र स्थानीय प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्