ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/01/Aressted-WM-1296x700.jpg)
काठमाडौँ, २३ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले राससलाई बताए । अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्