२५ पुष २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले आज पनि गरे नाराबाजी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि नीषेधीत क्षेत्र तोड्दै पोखराको शहदिचोकस्थित शहदि पार्कभित्रबाट नाराबाजी गरेका छन् ।
पार्टी सभापती रबी लामछिानेलाई जील्ला अदालतबाट जील्ला प्रहरी कार्यालय कास्कीको हीरासतमा लैजाने क्रममा शहिद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले लामीछानेलाई मंगलबार पनी अदालतबाट प्रहरी हिरासतमा फिर्त लैजाने क्रममा निषेधीत क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका बिरुद्ध चर्को नाराबाजी गरेका थिए । आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधति क्षेत्र प्रबेशमा कडाइ गरेको थियो । निषेधति क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार संचारकर्मी , कानून ब्यबसायी रकर्मचारीलाई परचियपत्र देखाउन अनिबार्य गरीएको थियो । यद्यपी निषेधीत क्षेत्रभीत्र नै पर्ने सहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले रबि लामीछानेलाई प्रहरी हिरासतमा फर्काउदै गर्दा नाराबाजी गरेका थिए । त्यस अघी प्रहरीले पार्कभीत्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई पार्कभीत्रबाट हटाउने प्रयास गरेको थिए । तर रास्वपाका नेता तथा कार्यकर्ताहरुले वीरोध गरेका थिए।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । अन्य प्रतीबादीहरुको थुनछेक बहस सकीएको र बहिबार जिल्ला सरकारी वकीलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछी बहिबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने धेरैले अनुमान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलल ेबहिबिार साँझसम्म आफ्नो पार्टी सभापती हिरासतमुक्त हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्