Deprecated: File class-oembed.php is deprecated since version 5.3.0! Use wp-includes/class-wp-oembed.php instead. in /www/wwwroot/indreninews.com/wp-includes/functions.php on line 6114
नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामा एमालेबाट निलम्बित - Rato Kagaj Online - Nepal's Breaking News in Nepali

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामा एमालेबाट निलम्बित

रातो कागज
2 months अघि

२५ पुस, काठमाडौं । नाबालिका बलात्कार आरोपमा काठमाडौंका पूर्णमान लामा पक्राउ परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका १ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन् ।

‘नाबालिका बलात्कारको उजुरीपछि हामीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो ।
उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन् । उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले अनुशासनको कारबाही सम्बन्धी विधानको व्यवस्था अनुसार लामालाई पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया