२६ पुष २०८१, शुक्रबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

परम्परागत सीप परीक्षण गर्न नमूना परियोजना

कर्णाली, २५ पुस । सुर्खेतको सिम्ता गाउँपालिका र कालीकोटको खाँडाचक्र नगरपालिकामा अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न नमूना परियोजन सञ्चालन गरिने भएको छ । यसबाट स्थानीयवासीले आर्जन गरेका सीप प्रमाणीकरणमा टेवा पुग्ने जनाइएको छ ।
यसैबीच कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सबै पालिकाबाट परम्परागत सीप परीक्षण गर्ने तयारी भएको बताएको छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा समाज जागरण केन्द्र नेपाल सुर्खेतको समन्वयमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न प्रदेश तथा स्थानीय तहको क्षमता विकास कार्यशाला’को शुभारम्भमा उनले परम्परागत सीप तथा अभ्यासको परीक्षण हुन आवश्यक भएको जानकारी दिए ।
पुराना वास्तुकला, गहना, मूर्तिकला, काष्ठकलालगायतका पराम्परागत एवं रैथाने सीपलाई औपचारिक प्रमाणीकरण गर्न परियोजनाले सहयोग पु¥याउने जनाइएको छ । मन्त्री भण्डारीका उहाँका अनुसार स्थानीय तहमा रहेको सामाजिक विकास इकाइ, उद्यमशीलता र रोजगारी शाखाबीचको समन्वयबाट सपि प्रमाणीकरण गरिने छ ।   जुनसुकै निकायमा पेस गर्न सकिने योग्य रहेकोले क्षमता विकास, अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यताको प्रारुपलाई यसबाट सहयोग पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्