२ माघ २०८१, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन् ।
राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल,स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताएको हुन् ।
उनले भने,‘हामीले बहस नगरेको पक्ष पुर्नस्थापना । यसमा बहस गर्ने बेला आएको छ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु समस्याग्रस्त भएको स्थिति छ । यस्तो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको अवस्था छ । यस्तो जटिल समस्यालाई कुन माध्यमबाट हल गर्न सकिन्छ र उपचार विधि के भन्ने भनेर बहस गर्ने बेला आएको छ ।’
मन्त्रीले पौडेलले कोहीपनि इच्छाले रोगी नभएको बताए । उनले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।
उनले भने,‘ निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न जरुरी छ । साथै पुर्नस्थापनाको क्षेत्रमा काम गर्न जरुरी छ । उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । कोही बिरामी भयौं भने उपचार कसरी गर्ने भन्ने बारेमा चिन्ता गरेको देखिन्छ । तर बिरामी हुन नदिने भन्नेमा काम गर्न सकिएको छैन् । यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौ । त्यसैले स्वस्थ्य नेपाली, स्वस्थ्य नेपाल निर्माण गर्नको लागि मान्छेले रहरले रोग बोकेको हँुदैन, नजानेर बोकेको हुन्छ । कसैलाई पनि क्यान्सर बोक्ने इच्छा हुदैन् । कसैलाई पनि किट्नीमा समस्या भएर बाच्ने इच्छा हुदैन् तर क्यान्सर हुन नदिन के गर्ने यसमा काम गर्नुपर्छ । त्यसैले हामीले निरोधात्मक क्षेत्रमा काम गर्न सकेको छैनौ ।’

प्रतिक्रिया दिनुहोस्