४ माघ २०८१, शुक्रबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

आजै लगनगाँठो कस्दै : मेलिना राई

काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज शुक्रबार विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ । विवाहस्थल प्रवेश गेट मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले सजाइएको छ ।

मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् । इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताइन्छ ।

विवाहको तयारी केही साता अगाडिबाट सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए । जसको तस्बिर बिहीबार सार्वजनिक भएको थियो । उनीहरूले जातीय पोसाकमा इन्गेजमेन्ट गरेका थिए ।
विवाह गर्न लागेकी मेलिनालाई सामाजिक सञ्जालबाट सेलिब्रेटी तथा सर्वसाधारणले बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्