होटल बाराही काठमाडौं’लाई इको फुटप्रिन्ट प्रमाणपत्र प्रदान
६ माघ, काठमाडौं । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर) ले सस्टेनेवल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गर्ने ‘होटल बाराही काठमाडौं’ लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।
विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि अगष्टसम्मका लागि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चारवटा मापदण्ड समावेश गरेको थियो । रेटिङमा होटलको वातावरणीय प्रभावलाई मध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप नै भएको उल्लेख गरेको छ ।
टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत बातावरणिय सचेतना, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतका होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।
साथै दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटलले पानीको संरक्षणदेखि पुनः उपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरुको पालना कसरी गरेको छ भन्ने विषयलाई समावेश गरिएको थियो ।
त्यसैगरी तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय सीप र खानाको प्रबद्र्धन र स्थानीय उत्पादनको खपत होटलले कसरी गरिरहेको छ भन्ने विषय समावेश गरिएको थियो ।
साथै चौथो मापदण्डमा सामाजिक–सांस्कृति प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रबद्र्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।
मूल्यांकनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानूनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रबद्र्धन, अपांगता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
कम्पनीले होटलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरिएको उल्लेख गर्दै अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय ह्विलचेयर उपलब्ध गराएको छ ।
होटलले स्थानीय संस्कृति प्रबद्र्धन, सीप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रबद्र्धनमा दिएको प्राथमिकतालाई पनि मूल्यांकनको आधार बनाइएको थियो ।
त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, भद्रकाली मन्दिर परिसरमा सरसफाइ, रोटरी क्लबसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा र समुदायको विकासका लागि विभिन्न कार्य, फुटसल प्रतियोगिता तथा स्थानीय विद्यालयको पूर्वाधार विकास र शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्यांकनमा समावेश गरिएको थियो ।
बाराही हस्पिटालिटी अन्तर्गत रहेको होटल बाराही काठमाडौं २०२३ जुलाइदेखि सन्चालनमा आएको हो । सातौं तल्लामा अल डे डाइनिङ रहेको होटलको नवौं तल्लामा इन्फिनिटी लाउन्ड छ । ब्युटी होटलमा ससंग्रहाल बार छ । इन्फिनिटी लाउन्ज रहेको छ ।
भुइँ तल्लामा इलि कफी आउटलेट सन्चालमा आएको ब्युटी प्रडक्टको आउटलेट र सोभेनियर सप सब्चालनको तयारीमा छन् । होटलमा स्पा र फिटनेस सेन्टर निमाणाधिन छ । सातौ तल्लामा नारायणहिटी दरवार संग्रहालय मोहोडा भएको इन्फिनिटी स्विमिङ पुल होटलको आकर्षण हो ।
बाराही काठमाडौँ होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्बोत्कृष्ट (गोल्ड अवार्ड) प्राप्त गरेको छ । साथै होटलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्ड अनुसार ’ए’ श्रेणी (अतिउत्तम वर्गीकरण) प्राप्त गरेको छ ।
बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा ’होटल बाराही पोखरा’, ’साराङकोट माउन्टेन लज’, ’आबास पोखरा’ तथा चितवनमा ’बाराही जंगल लज’ र काठमाडौँमा ’बाराही काठमाडौँ’ सञ्चालनमा छन् । हालसम्म चितवनको बाराही जंगल लज यसअघि नै इको सर्टिफाइड भइसकेको छ भने अन्य होटल पनि यसका लागि प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्