९ माघ २०८१, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

विदेश जाने खुशियाली साट्न गोरखकाली हिडेका आमाछोरा मोटरसाइकल दुर्घटनामा अस्ताए

९ माघ, पोखरा । तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए ।

सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।

त्यही खुसियालीमा १९ वर्षीय सन्दिपले आमा मधुमाया आलेलाई आज बिहानै ग.प्र.००३–००१ प ०३१० न.को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर दैबको लिला ! कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनिहरू अस्ताउन पुगेका छन् ।

उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुकाकारण चालक रहेका सन्दिपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात÷आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमा – छोरा दुबैले यस संसार छाडेर बिदा भए । दैबले प्रहार गरेको बज्रकाकारण विदेश जाने सन्दीपको सपनामा कुठाराघात भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको मृत्युले आले परिवार शोक विव्हल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्