९ माघ २०८१, बुधबार
गण्डकी मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

९ माघ, गलकोट (बागलुङ) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएको छन् ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उसले बताए ।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे । उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्