९ माघ २०८१, बुधबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

२६ नमूना घर निर्माण

९ माघ, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितका २६ नमूना घर निर्माण भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बेलायत सरकारको आर्थिक सहयोगमा पाँच र संयुक्त राष्ट्र सङ्घीय निकाय तथा तीनका साझेदार संस्थामार्फत सञ्चालित संयुक्त पुनर्लाभ परियोजनाअन्तर्गत दुई जिल्लामा २६ भूकम्प प्रतिरोधात्मक नमूना घर निर्माण गरिएको हो ।
रुकुम पश्चिममा १४ र जाजरकोटमा १२ वटा घर निर्माण गरिएको संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का सिनियर परियोजना एसोसिएट सुजित गौतमले जनाकारी दिए । उसका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सात, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा दुई÷दुई वटा, त्रिवेणी र बाँफिकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा एक÷एक वटा नमूना घर निर्माण गरी भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै जाजरकोटका भेरी नगरपालिकामा चार, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा दुई दुई  तथा शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा एक एक वटा घर नमूना घर निर्माण गरी हस्तान्तरण गरिएको उसले बताए । एउटा ढुङ्गाको र बाँकी सबै घर सिएसइबी इन्टरलक इँटाको प्रयोगमा निर्माण गरिएको छ ।
स्थानीय तहले छनोट गरेर पठाएका अतिविपन्न, अपाङ्ग, दलित तथा सीमान्तकृत समुदायका भूकम्प प्रभावितका लागि नमूना घर निर्माण गरिएको हो । परियोजनाअन्तर्गत घर निर्माणबाहेक डकर्मी तालिम, यौनशोषण तथा दुव्र्यवहारविरुद्धको सडक नाटक प्रदर्शन, स्थानीय तहका प्राविधिकका लागि भवन संहिता, सुरक्षित आवाससम्बन्धी तालिम प्रदान गरिएको परियोजना एसोसिएट सुजित जानकारी दिए । नौ महिने उक्त परियोजना यही माघ अन्तिमबाट सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्